प्यारा भाइबहिनीहरू, हाम्रो देश नेपाल प्राकृतिक विपद्को दृष्टिकोणले अति जोखिममा रहेको छ । देशको अधिकांश भूभाग बाढी, पहिरो, हिमताल विष्फोट, हिमपहिरो र भूकम्पको जोखिममा रहेको छ भने समयसमयमा हुने महामारी, आगलागी, शीतलहर जस्ता विप्दले पनि कैयौ मानिसले अकालमा नै ज्यान गुमाएका छन् । यस्ता प्राकृतिक विपद्का कारण कैयौँ बालबालिकाले पनि ज्यान गुमाइरहेका छन् भने कैयौँ बालबालिकामा विपद्का कारण मानसिक रूपमा नै आघात पर्न गई दिर्घकालीन रूपमा असर गरिरहेको हुन्छ । विपद्कै कारण कतिपय बालबालिकाले आºना अभिभावक, वासस्थान अनि विद्यालय पनि गुमाएका छन् । विपद्को समयमा हामीलाई सहयोगको आस देखाएर आपराधिक मानसिकता भएका मानिसहरूले दुव्र्यवहार र शोषण गर्न सक्छन् । हामी जस्तै कैयौँ बालबालिका विपद्कै कारण आघातमा परी मनोसामाजिक समस्यामा पनि पर्न सक्छन् । प्राकृतिक विपद् रोक्न नसकिने भएकाले यसबाट हुने असर कम गर्न हामीले सुरक्षित रहने उपायबारे सधैँ सतर्क रहनुपर्दछ । नेपालमा आउन सक्ने मुख्य प्राकृतिक विपद्, यसबाट बालबालिकालाई पर्ने असर र सुरक्षित रहने उपायहरू बारे जानकारी लिने र यस बारेमा हामी जस्तै अन्य बालबालिकालाई पनि जानकारी गराई विपद्को समयमा सुरक्षित रहन सहयोग पुगोस् भन्ने उद्देश्यले सिविसले यो चित्र कथा तयार गरी प्रकाशन गरेको छ ।